सशस्त्र प्रहरी द्वारा एकसय लिटर रक्सी नष्ट

0


सहबान अन्सारी
प्रतापप्र २२ चैत्र – पश्चिम नवलपरासीको गुठी परसौनीमा सशस्त्र प्रहरी द्वारा रक्सी नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले सुस्ता गाँउपालिका वडा नं ५ बलिनगरमा गएराति नेपालबाट भारत तर्फ लग्दै गरेको करिब एक सय लिटर बराबरको लोकल रक्सीको साथै भारतिय नम्बर यु.पी.५६एच, ९२६८को मोटरसाईकल दशगजाबाट बरामद गरिएको थियो ।
बरामद गरिएको रक्सी स्थानिय र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको अधिकारीले बताउनु भयो।
लकडाउनको समयमा सिमा तस्करी तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाईएको साथै मानिसहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

You might also like