यस्तो देखियो बुटवलमा प्रचण्ड–नेपाल पक्षीय नेकपाको विरोध प्रदर्शन !

0
नेकपा प्रचण्ड नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आज बुटवलमा प्रदर्शन र सभा सुरु भएको छ । सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
दक्षिणमा राजमार्ग चौराहा, पूर्वमा रामनगर, पश्चिममा जितगढी र उत्तरमा गोलपार्कमा भेला भएर अस्पताल लाईनमा भइरहेको सभामा सहभागी भएका छन् । सभामा प्रचण्ड र नेपालका साथै नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, ठाकुर गैरेलगायतले सम्बोधन गर्न लागेका छन् । नेकपामा पार्टीभित्र विवाद सिर्जना भएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात् प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन र विरोध सभाहरु गर्दै आएको छ ।
 लुम्बिनी टाइम्स
You might also like