चिसापानी सामुदायिक, इन्द्रेणी र एन.आइ.एशिया बैकबाट राहत कोषमा सहयोग

0

बर्दघाट २१ चैत्र -पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा शक्रवार चिसापानी सामुदायिक वन उपभोक्ता समुहले ५० हजार रकम हस्तान्तरण गरेको छ । कोरोना भाईरसको न्यूनिकरणका लागि लक डाउन भएसंगै नगर क्षेत्रका अति विपन्न तथा ज्याला मजदुरी गरेर खाने घरपरिवारहरुका लागि राहत सहयोग होस भनेर समुहले उक्त ५० हजार रकम हस्तान्तरण गरेको समुहका अध्यक्ष होम बहादुर गुरुगंले जानकारी दिनुभयो ।

चिसापानी सामुदायिक वन उपभोक्ता समुहले आफ्नो मानविय सहयोग कोषमा १ लाख विनियोजन गरी बर्दघाट नगरपालिकालाई ५० हजार सरावल गाउंपालिकालाई ३० हजार र पाल्हिनन्दन गाउंपालिकालाई २० हजार रकम उनीहरुको प्रकोप ब्यवस्थापन कोषमा जम्मा हुनेगरी हस्तान्त्रण गर्ने निर्णय भएको समुहका सचिव अनिल गुरुगंले बताउनु भएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकाले स्थापना गरेको नगरको प्रकोप ब्यवस्थापन कोषमा ईन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरले २० हजार ५ सय रुपैया बरावरको चेक सहयोग रकम बर्दघाट नगरपालिका पुगेर नगर प्रमुख धिरज शर्मा वस्याललाई हस्तान्तरण गरेको छ । मञ्चका अध्यक्ष वद्री सुवेदीको नेतृत्वमा गएको संस्थाको टोलीले अतिबिपन्न तथा दैनिक ज्यालादारीका मजदुरहरुलाई खाद्यान्न लगायत राहतको ब्यवस्थाका लागि आफ्नो संस्थाले सो रकम एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता मा जम्मा हुनेगरी प्रदान गरेको होमराज कुवंरले जानकारी दिनुभयो ।

त्यस्तै मात्र एन.आई.सी. एसिया बैंक प्रदेश नं. ५ को प्रदेश कार्यालय बर्दघाट शाखाले बर्दघाट नगरपालिकालाई १ लाख बरावरको जिन्सी सामान हस्त्रान्त्रण गरेको छ । एन.आई.सी. एसिया बैंक प्रदेश नं. ५ को प्रदेश कार्यालय बर्दघाट शाखा प्रमुख तिलक सुन्दर कार्कीले नगर प्रमुख धिरज शर्मा वस्याल र प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यालाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । बैकले ४५ बोरा चामल २ सय किलो दाल ५५ लिटर तेल,२ सय के.जी. नुन र २ सय पिस सावुन गरी एक लाख वरावरको सहयोग गरेको वैंकका वैंकर तिलक खनालले जानकारी गराउनुभयो ।

You might also like