चालिसे र कर्णद्धारा ब्यक्तिगत खर्चमा राहत प्रदान

0

बर्दघाट २१ चैत्र – बर्दघाट–१४ स्थित मिलन टोल विकास संस्थाका अध्यक्ष कर्ण ढेंगा मगरले ६ घर अतिविपन्नलाई खाद्यान्न वितरण गर्नुभएको छ । उहाँले २० किलो चामल , २ किलो नुन, एक लिटर तेल र हातधुनलाई साबुन प्रदान गर्नुभएको हो ।त्यस्तै बर्दघाट ४ की स्थानीय मञ्जु चालिसेले शुक्रवार १३५ जना राहत दिनुभएको छ ।

उहाँले परिवार संख्या हेरर ३ सम्मलाई ५ किलो देखि २)० किलो सम्म र दाल प्रदान गर्नुभएको हो । उहाँले आफू विरामी परिरहने भएकोले मरेपछि हुने क्रिया कर्ममा खर्च गर्नु भन्दा आफू ज्युदो हुदै खर्च गरेमा आफ्नो मृत्युमा मलामी संख्या बृद्धि हुने भएकाले विपन्नलाई सहयोग गरेको बताउनुभयो ।

You might also like