सरावल गाउँपालिकाद्वारा सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइट र साबुन बितरण

0

उमेश बि.क.
नवलपरासी २० चैत
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइजर , ग्लोप्स र साबुन बितरण गरिएको छ। कोभिड १९ सङ्क्रमणबाट सुरक्षित गर्नका लागि सम्बाद किशोर किशोरीलाई मास्क ,सेनिटाइट , ग्लोप्स र साबुन ९०÷९० थान वितरण गरिएको हो।
स्ट्रोम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा ए.बि. सी. नेपाल र सरावल गाउँपालिकाद्वारा संचालित सम्बाद कार्यक्रमका किशोर किशोरीहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरु बारे घरका अभिभाबकहरुलाई सचेत गराइ रहेको अवस्थामा किशोरी किशोरीलाई कोरोनाबाट बच्नको लागि सो सामग्री बितरण गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभएको छ ।

एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर किशोर किशोरीहरुले सरावल गाउँपालिका वडा नं. ४,५ र ६ का स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराइ रहेका छन्
सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले किशोर किशोरीहरुको कामको प्रशंसा गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९० को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, हाच्छिउ गर्दा रुमालको प्रयोग गर्ने, रुमाल छैन भने बाहुला प्रयोग गर्ने, हात नधोई आफ्नो अनुहार नछुने, हात धुदा २० सेकेन्ड सम्म साबुन पानीले हात धुने, अस्वस्थ मानिसको नजिक नजाने, भिडभाडमा नजाने,सामाजिक दूरी कायम लगाएतको उपाय अपनाउन आम जनसमुदायलाई आग्रह गर्नु भएको छ।

You might also like