प्रदुषण कम गर्न बजारमा ब्लिचिङ पाउडर छर्कियो

0

रामप्रसाद पौडेल
बर्दघाट – बर्दघाट नगरपालिका, बर्दघाट उद्योग बाणिज्य संघ र निर्माण ब्यवसायी संघको संयुक्त पहलमा प्रदुषण कम गर्नका लागि ब्लिचिङ पाउडर छर्ने कार्य भएको छ । सो कार्यमा बर्दघाट उद्योग बाणिज्य संघको तर्फबाट अध्यक्ष लेखनाथ न्यौपाने तथा महासचिव दिनेश न्यौपानेले बिशेष पहल गर्नुभएको थियो । बर्दघाट नगरपालिकाको अनुरोधमा निर्माण ब्यवसायी संघले समेत सो कार्यमा सहयोग गरेको बताइएको छ । सो काममा नगर प्रहरी खटेका थिए ।
सो कार्यलाई बजार केन्द्रीत मात्र नभई गाउमा समेत लैजानुपर्ने स्थानीयले माग गरेका छन् ।

You might also like