दिब्यज्योति मावि, शान्ति निकुञ्ज र राष्ट्रिय माविले गरे प्रकोप ब्यवस्थापन कोषमा सहयोग

बढ्दैछन प्रकोप ब्यवस्थापन कोषमा दाताहरुको संख्या

0

नवलपरासी १९ चैत्र – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ब्यवस्था गरेको प्रकोप ब्यवस्था कोषमा दाताहरुको संख्या बृद्धि हुदैं गएको छ । कोषमा स्थानीय संघसंस्थाहरुले सहयोग गर्न थालेका छन् । कोषमा के कसरी सहयोग गर्ने भन्ने बारे बिभिन्न सामाजिक संघसंस्था तथा ब्यक्तिहरले समेत छलफल तथा अन्तरक्रिया तीब्र बनाएका छन् ।
नव जिवन मावि शिक्षक कर्मचारीले कोषमा २५ रुपैया प्रदान गरेसंगै बिद्यालयहरुले कोषमा रकम जम्मा गर्ने क्रम बढ्दै छ । सोही क्रमामा दिब्यज्योति मावि बर्दघाट – २ चिसापानी र शान्ति निकुञ्ज गौमाता गौतम माविले २५÷२५ हजार कोषमा हस्तान्तरण गरेका छन् । त्यस्तै राष्ट्रिय मावि जिमिरेभारले २५ हजार प्रदान गरेको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । नगरले एन आई सी एशिया बैक बर्दघाट शाखाको प्रकोप ब्यवस्थापन कोषको खाता नम्बर ८३४१४९८४८२५२४००७ को ब्यवस्था गरेको छ ।

You might also like