हातहतियार सहित २ जना प्रहरीको नियन्त्रणमा

0

 

 

 

 

नियन्त्रण पर्नेमा सुस्ता ४ नर्सही जर्लैया बस्ने करिब ४० बर्षको आस बहादुर गुरुङ्ग र सोही स्थानमा बस्ने करिब ४५ बर्षको नरेश गुरुङ्ग रहेका छन् । पक्राउ परेका गुरुङ्गहरुले गए राती करिब १२ बजेको समयमा सुस्ता ५ पक्लिहवाको रतनगन्ज बस्ने अशोक ठाकुरले डिजल लिएर घर फर्किने क्रममा सुस्ता ४ नर्सही १२ नम्बर ठोक्करको बाधमा रोकेर ठाकुरलाई र उनको गाडी चालकलाई खुकुरी देखाएर धम्काएको अशोक ठाकुरले बताए ।

आफुहरुलाई बाटोमा रोकेर खुकुरी देखाएर धम्काउदै गरेको भन्दै ठाकुरले ईलाका प्रहरी कार्यालय बेलाटारीलाई खबर गरेको उनलेे बताए । खबर गरेको केही समयमा सो स्थानमा पुगेका इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेको टोलि र नर्सही प्रहरी चौकीको टोलीको सक्रियतामा गुरुङ्गहरुलाई खुकुरी सहित नियन्त्रणमा लिन सफल भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताएका छ्न भने पक्राउ परेका दुबै गुरुङ्गलाई ईलाका प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन् ।

 

You might also like