ग्रामीण साकोसद्धारा रजत महोत्सव कार्यक्रम अन्तरगत रक्तदान सम्पन्न

0

नवलपरासी : प्रदेश नम्बर पाँचको प्रबेशद्धार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर चारमा मुख्य कार्यालय रहेको ग्रामीण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ बर्ष प्रबेशको सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी बुद्धमंगल उपशाखाको प्राबिधिक सहयोगमा मिर्मिरे सेवा केन्द्रमा सो कार्यक्रम भएको थियो । ग्रामीण साकोसले स्थापनाको २५ औं बसन्त प्रबेशको अवसरमा माघ २८ गते देखि ३ दिवशीय कार्यक्रम सार्वजनिक गरेको थियो । सो कार्यक्रममा २२ जनाले रक्तदान गरेको ब्यवस्थापक अनन्त पाण्डेले बताउनुभयो ।
त्यस्तै आइतवार मुख्य कार्यालयमा पत्रकार सम्मेलन गरी ग्रामीणले रजत महोत्सव तथा विविध सांस्कृतिक कार्यक्रम सार्वजनिक गरेको थियो ।

You might also like