बर्दघाटमा ४ जना क्वारेन्टाइनमा

0

बर्दघाट १४ चैत्र – बिभिन्न मुुलुकबाट आएका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट २ चिसापानीमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख तथा प्रहरी निरिक्षक हेमबहादुर के.सी. अनुसार उनीहरुमध्ये ३ जना भारतबाट र १ जना कतार आएका हुन ।
त्यस्तै चिसापानी अस्पतालले ट्राभल्स हिस्ट्री देखिएका कोही बिरामीहरु अस्पतालमा नआएको जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्ड डा. बिजय खनालले सामान्य ज्वरो, रुघा खोकी,दमका गरी दैनिक २५ जना जति बिरामीलाई अस्पातालले सेवा दिइरेहको बताउनुभयो । ट्राभल्ल हिस्ट्री देखिएकाहरुलाई काउन्सिलिङ गरेर क्वारेन्टाइनमा पठाइने उल्लेख गर्दै उहाँले कोरोना संक्रमणको शंका गर्नुपर्ने बिरामीहरु अस्पतालमा नआएको जानकारी दिनुभयो । उता शहिद स्मृति अस्पतालमा पनि कोरोनाका शंकास्पद विरामी एक जना आएकोमा उनले भारतस्थित आफ्नै घर जाने चाहना राखेपछि भारत तर्फ पठाइएको ब्यवस्थापक टिकाराम लुईटेलले बताउनुभयो ।

You might also like