लकडाउनको चौथो दिन :सुनसान पश्चिम नवलपरासी
नवलपरासी १४ चैत्र – कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनको चौथो दिन पश्चिम नवलपरासीका बजारहरु सुनसान देखिए ।
जिल्लाका परासी, सुनवल ,भुमही, बासा , भुताहा , बर्दघाटबजार सुनसान देखिएका हुन ।
तर ज्याला मजदुरी गर्न भारतबाट आएकाहरु पैदल हिडेको पनि देखिएको थियो ।
हरेक चोक चोकमा अत्यावश्यक बाहेक सेवा बन्द गरिएको थियो ।
लक डाउन कार्यावन्यन गर्न जिल्लाभर प्रहरी तैनाथ गरिएको थियो ।