बर्दघाट खानेपानीले एक महिनाको बिलम्ब शुल्क नलिने

0

बर्दघाट १२ चैत्र : बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्ना उपभोक्तालाई बिल भुक्तानीका लागि अनलाईन सेवा प्रयोग गर्न आग्रह गर्दै पछिल्लो एक ममिनाको बिलम्ब शुल्क नलिने बताएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि संस्थाले महसुल काउण्टर संगै संस्थाका प्रशासनिक कामहरु पनि बन्द गरेको संस्थाले पानी महसुलमा चैत्र महिनामा बुझाउन आउँदा लाग्ने पछिल्लो १ महिनाको विलम्ब शुल्क नलाग्ने संस्थाका ब्यबस्थापक विष्णु कुमार भुसालले बताउनुभयो । खानेपानी जस्तो अत्यावसेक सेवा भएकोले यस अबधिमा पानी उत्पादन तथा वितरण र मुख्य पाईपलाईन मर्मत सम्भारको कार्य भने निरन्तर चल्ने उहाँले जानकारी दिनुभयो ।

You might also like