खानेपानीमा चुनावी रणनीति बनाउदै दलहरु

0

बर्दघाट – बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अधिबेशन नजिकिदैं जादाँ यहाँ क्रियाशिल दलहरु चुनावी रणनीति बनाउनमा ब्यस्त भएका छन् । सधै स्थानीय चुनावको झल्को दिने गरी चुनाव गर्ने बानी परेका दलहरुले यसबर्ष यो समय सम्म कुनै सहमतिको पहल गरेनन ।
सहमति गरे राम्रो हुन्छ भन्ने ओठे कुरा गरेपनि सहमतिका कुनै सार्थक पहल भन्दा आफ्ना उम्मेदवार छनौटमै दलहरुले समय खर्चे । काँग्रेस नेतृत्वमा चुनावमा जाने संयुक्त प्यानलको यस अघि नै उम्मेदवारको नाम बाहिर आएपनि सत्तारुढ नेकपाले पनि शुक्रवार उम्मेदवारी टुङ्ग्याएको छ । सोही क्रममा शनिवार ( आज) हुने उम्मेदवारी दर्ताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले संयुक्त प्यानल बनाएको बर्दघाट पोष्टले फेला पारेको छ । सत्तारुढ नेकपाले प्रदीप सुवेदीको नेतृत्वमा र नेपाली काँग्रेस सहितका दलहरुले धातानन्द बस्यालको नेतृत्वमा चुनावी प्यानल बनाएर उम्मेदवारी गर्ने तरखर गरिरहेका छन् । त्यस्तै नेकपा एकल रुपमा र काँग्रेसले राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा , क्रान्तिकारी माओवादी , समाजवादी पार्टीलगायतको संयुक्त प्यानल बनाएको हो ।
नेकपाको प्यानलमा उपाध्यक्षमा दिपक लम्साल सचिवमा सिर्जना आचार्य पन्थ,कोषाध्यक्षमा सरस्वती कण्डेल ,र सदस्यहरुमा शक्ति पौडेल, लक्ष्मण नाथ योगी, चन्दन थारु,इन्द्रबहादुर वि.क.बसन्ती थापा रहेका छन् भने लेखा संयोजकमा बिपिन आले र सदस्यहरुमा कमला लम्साल र शोभा सुवेदी रहेको बर्दघाट पोष्टले प्रकाशित गरेको छ । त्यस्तै संस्थाका बर्तमान उपाध्यक्ष समेत रहेका बस्याल काँग्रेस नेतृत्वको संयुक्त प्यानलमा राप्रपाको तर्फबाट उपाध्यक्षमा रमेश श्रेष्ठ , सचिव जनमुक्तिको तर्फबाट धनबहादुर गुरुग कोषाध्यक्षमा काँग्रेसबाटै थुमकला बस्याल सदस्यहरुमा कालीदास पाण्डे ( कृष्ण )रेनुका खत्री , भुसाही प्रसाद थारु चौधरी (सागर) क्रान्तिकारी माओवादीबाट सदस्यमा मंगले सार्की ( बिष्णु) सिता गुरुंगले उम्मेदवारी दिने तय भएको बताइएको छ । त्यस्तै लेखा संयोजकका समाजवादी पार्टीको तर्फबाट गोपाल पाण्डे, सदस्यहरुमा बसन्ती थरुनी र सुर्यबहादुर सारुले उम्मेदवारी दिने तय भएको जनाइएको छ । बर्दघाटपोष्टबाट

You might also like