खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक छ -अध्यक्ष चौधरी

0

सरावल ११ माघ- पश्चिम नवलपरासीस्थित सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक भएको बताउनुभएको छ । खेलुकदले यसले संगठित गर्नुको साथै आत्मियता समेत प्रदान गर्ने उहाँले भनाई थियो । नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा शनिवार देखि “स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुल नाराको साथ दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिता उद्घाटमा बोल्दै उहाँले –युवालाई कुलतबाट बचाउन खेलकुदले ठुलो मद्दत गर्दछ –भन्नुभयो । अध्यक्ष चौधरील् खेलकुद अन्य बिकासको तुलनामा एउटा बिकास भएकोले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर पालिकाले लगानी गरिरहेको बताउनुभयो ।
सरावल गाउँपालिकाको सहयोगमा तथा सरावल खेलकुद संस्था सरावलको आयोजनामा खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवम् उपाध्यक्ष उत्तमा रायको बिशिस्ट आतिथ्यतामा फुटबल प्रतियोगिता उदघाटन गरिएको हो।
त्यस्तै प्रतियोगितालाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रायले खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा वडा नम्बर १ का वडा अध्यक्ष भेषनारायण चौधरी,वडा नम्बर २ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी,वडा नम्बर ३ का वडा अध्यक्ष अणेन्द्रनाथ राय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । शनिवार भएको उद्धघाटन खेलमा गंगा सामुदायिक विकास प्रतिष्ठानले महाविर फुटबल क्लब काठमाडौंलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
त्यस्तै प्रतियोगितामा कुल १६ टिम सहभागि भएका छन् । प्रतियोगिताको बिजेता हुने टिमले एक लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता हुने टिमले १ लाख १ हजार १ सय ११ रुपैँया र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका सचिव दिपक क्षेत्रीले जानकारी दिनुभयो । प्रतियोगितामा आइतवार दिउँसो २ बजे हुने खेलमा सुनवल फुटबल क्लब सुनवल र जे.के ब्रदर्श फुटबल क्लब नवलपरासी भिड्ने आयोजकले जनाएको छ ।

You might also like