देशव्यापी राष्ट्रिय स्वाधीनताको संघर्ष चर्काउने नौदलको सहमति

0

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायत नौ दलले देशव्यापी रुपमा राष्ट्रिय स्वाधीनताको संघर्ष चर्काउने सहमति गरेका छन् । राष्ट्रिय स्वाधीनताको मुद्दामा कार्यगत एकताको घोषणा गर्दै नौ दलले आगामी माघ २४ गते काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने घोषणा गरेका छन् । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने समेत जनाइएको छ । बैठकले कार्यगत एकतासम्बन्धी आचार संहिता समेत बनाएको जनाइएको छ ।
शनिबार नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील समेत गरिएको छ ।
यस्तो छ वक्तव्य
१। भारतद्वारा नेपालको लिम्पियाधुरा, कालापनी, लिपुलेक क्षेत्र समेतको भूमि अतिक्रमण भएको र अमेरिकी साम्राज्यवादको हिन्द प्रशान्त रणनीतिअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताका विरुद्ध सङ्घर्ष भइरहेको स्थितिमा उक्त सङ्घर्षका कार्यक्रमहरूलाई व्यापक र सशक्त बनाउन २०७६ माघ ११ गते तपशीलमा उल्लेखित राजनीतिक दलहरूको बैठक नेकपा मसालका महामन्त्री का। मोहनविक्रम सिंहको अध्यक्षतामा बस्यो । यो बैठकले गरेका निर्णय र कार्यक्रम सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ । घोषित सङ्घर्षका कार्यक्रमहरूलाई सफल पार्न सम्पूर्ण न्यायप्रेमी, देशभक्त तथा जनतान्त्रिक जनसमुदायहरूलाई हामी हार्दिक अपील गर्दछौँ ।
२। नेपाल–भारत सीमा क्षेत्रमा भारतले कैयौँ ठाउँहरूमा नेपाली भूमि अतिक्रमण गरेको छ । पछिल्लो समयमा नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक सहितको क्षेत्र भारतले आफ्नो नक्साभित्र पारेर नयाँ नक्सा जारी गरेको छ । त्यसका विरुद्ध देशका सबै राजनीतिक शक्ति, सङ्घ–संस्था र जनसमुदाय समेतले राष्ट्रिय एकता प्रदर्शन गरी उक्त अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई आह्वान गरे । तर, सरकारले उक्त भूमि फिर्ता गराउन प्रभावकारी कदम चालेन र अतिक्रमित भूमिलाई समावेश गरी नेपालको नक्सा जारी गर्न समेत सकेको छैन । उक्त अतिक्रमित भूमि फिर्ता गराउनका लागि व्यापक र सशक्त सङ्घर्ष गर्न हामी सहमत भएका छौँ ।
३। अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त रणनीतिको अङ्गको रूपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेश ९एमसीसी० सम्झौता नेपालको राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र नीतिको समेत विरुद्ध छ । उक्त सम्झौतालाई खारेज गर्न सरकारसँग माग गर्दछौँ । उक्त सम्झौतालाई संसदबाट अनुमोदन नगर्न आह्वान गर्दछौँ । सबै देशभक्त जनसमुदायहरूलाई उक्त एमसीसी सम्झौताको विरुद्ध राष्ट्रिय एकताको लागि सङ्घर्ष गर्न आह्वान गर्दछौँ ।
४। सङ्घर्षको कार्यक्रम – आगामी माघ २४ गते हरेक प्रदेशका – काठमाडौँ, विराटनगर, जनकपुर, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा विरोधसभा गर्ने निर्णय भएको छ । यी कार्यक्रम पश्चात संयुक्त बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने छ ।
५। बैठकले यो कार्यगत एकतासम्बन्धी आचार संहिता पनि निर्माण गरेको छ ।moolbato

You might also like