सुनचाँदी ब्यवसायीहरु राज्यबाट उपेक्षित – अध्यक्ष सुनार

भावी योजना पारित

0

लक्ष्मी घिमिरे
नवलपरासी – नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कुमार सुनारले राज्य सुनचाँदी ब्यवसायीप्रति सकारात्मक नभएको टिप्पणी गरेका छन् । उनले नीतिगत अस्पष्टताका कारण सुनचाँदी ब्यवसायीहरु राज्यबाट उपेक्षित भएको बताए । नवलपरासी सुनचाँदी ब्यवसायी संघको चौथो बार्षिक साधारणसभालाई भुमहीमा शनिवार सम्बोधन गर्दै उनले ब्यवसायीहरुबीच एकता नहुदाँ राज्यलाई दबाब दिन नसकिएको बताए । गुठी बिद्येयक आउदाँजस्तै एकताबद्ध भए यो समस्या आउन्नथ्यो – कार्यक्रममा सुनारले भने – महासंघको तर्फबाट भने पहल भइरहेको छ । त्यस्तै प्रहरी प्रशासनको बुझाईका कारण समेत ब्यवसायीले सास्ती भोग्नुपरेको उनको भनाई थियो । सुनारले सुनचाँदी व्यवसायीहरु एकढिक्का भएर ब्यवसायिक बन्नुपर्ने बताए । उनले सरकारले सुनचाँदी ब्यवसायीलाई मर्यादित बनाउन आफूहरु सदैव लागेको दावी गरे । फरक प्रसंगमा सुनारले महासंघले सैद्धान्तिक दृष्टिकोणमा फड्को मारेपनि अझै गर्नुपर्ने धेरै काम रहेको जनाए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, नेपाली काँग्रेसका जिल्ला सचिव बिक्रम यादव,समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादव ,सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य महासंघका केन्द्रीय सदस्य बाबुराम विश्वकर्मा प्रदेश सदस्य नेत्रबहादुर सुनार र दिलबहादुर खाती निर्वतमान अध्यक्ष भिमसिं बराइली विक , नापतौल तथा गुणस्तर बार्यालय बुटवलका रमेश पाण्डे ईलााका प्रहरी कार्यालय सुनवलका प्रमुख बलराम गिरी नवलपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष गोविन्द विकलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राजेन्द्र सुनारले पेश गरेको बार्षिक प्रतिबेदन तथा भावी योजना पारित गरेको छ । पारित योजनामा सुनचाँदी ब्यवसायीका समस्याहरुलाई संस्थागत रुपमा समाधान गर्ने ,सानो परिणाममा स्थानीय रुपमा रहेका बैकबाट नै कच्चा पद्धार्थ उपलब्ध गराउन पहल गर्नेलगायत रहेका छन् । त्यस्तै अध्यक्ष सुनारद्धारा प्रस्तुत भावी योजनामा कालीगढहरुका लागि ब्यवसायिक तालिम र दुर्घटना विमा एंव सरकारसंग जग्गा माग गरी संघको भवन निर्माण गर्ने लागयत रहेको थियो । सभाले महासचिव कुलदीप कुमार स्वर्णकार र कोषाध्यक्ष धनबहादुर सुनारलगायतले पेश गरेको प्रतिबेदन पारित गरिएको सचिव प्रकाश कुमार श्रीपालले जानकारी दिए । कार्यक्रम जिल्ला अध्यक्ष राजेन्द्र सुनारको अध्यक्षता सचिव प्रकाश कुमार श्रीपालको संचालन तथा उपाध्यक्ष लवकुश बंर्माको स्वागतमा भएको थियो ।

You might also like