निशान छापमा नक्कली नक्सा – नेता गजुरेल

0

नवलपरासी – देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष तथा क्रान्तिकारी माओपादीका बरिष्ठ नेता सिपी गजुरेलले नेपालको निशान छापमा समेत नक्कली नक्सा राखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । उहाँले निशान छापमै भारतले बनाईदिएको नक्कली नक्सा राखिनु दुर्भाग्यपूर्ण रहेको बताउदैं र देशको मुल कानुन संविधानमा नेपालकै नक्शा नराखिनु राष्ट्रघाती कदम रहेको बताउनुभयो । उनले लिम्पियाधुरा रहेको सक्कली नक्सा बनाएर संविधानमा राख्न नसक्नुले नेपालको राष्ट्रियता झनै खतरामा परेको बताउनुभयो । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा कावासोतीमा शुक्रबार भएको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा नेकपा नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा, नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, समाजवादी पार्टीका केन्द्रिय सदस्य रुद्र गुरुङ, राष्ट्रिय जनमोर्चा का राष्ट्रिय परिषद सदस्य चन्द्र सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरका जिल्ला संगठन सचिव सत्रुघन थापा, क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डेय , नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव विष्णु गौडेल, प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा लगायतले बोल्नुभएको थियो ।
शुक्रबार नै नवलपुरका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा राजतीतिक प्रशिक्षण भएको थियो ।

You might also like