सीमा समस्या समाधानका लागि अन्तराष्ट्रियकरण गर्नुपर्छ – सुवेदी

0

नवलपरासी – क्रान्तिकारी पत्रकार महासंघ – नेपाल जिल्ला शाखा नवलपरासीले सोमवार आयोजना गरेको राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पत्रकारहरुको भूमिका विषयक अन्तरक्रियामा बोल्दै नेकपा ९क्रान्तिकारी माओवादी०का पोलिटव्युरो सदस्य प्रेम सुवेदीले सिमा समस्यालाई अन्तराष्ट्रिकरण गर्नुपर्ने बताउनुभएको छ । उहाँले भारतसँग भएको हरेक सन्धि सम्झौता नेपालको हित अनुकुल नभएको बताउदैं अतिक्रमण भएको सुस्ता, लिम्पियाधुरा कालापानी, लिपुलेक लगायतका क्षेत्रको समस्या समाधानका लागि सरकारले मुखले पहल गर्छु भनर मात्र नहुने बताउनुभयो । उहाँले दुई देशबीच कुटनीतिक रुपमा पहल गरेर समस्या हल नभए सीमा समस्या समाधानका लागि अन्तराष्ट्रियकरण गर्नु पर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी छविलाल खरेल, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रामकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पश्चिम नवलपरासीका अध्यक्ष भविश्वर तिवारी आजाद, राष्ट्रिय जनता पार्टीका केन्द्रिय सदस्य पुरन चौधरी, राप्रपा संयुक्त नवलपरासीका प्रवक्ता सन्तोष पाण्डे,सुस्ता बचाउ आन्दोलनका उपाध्यक्ष आदम खाँ, समाजवादी पार्टी पश्चिम नवलपरासीका उपाध्यक्ष अमिरुल्ला मियाँ, राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्ला सल्लाहाकार तिलक सुवेदी, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला उपसचिव खड्कबहादुर घर्ती अखिल क्रान्तिकारीका केन्द्रिय सचिव महेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका हरि शर्मा, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीलगायतले मन्तब्य राख्नुभएको थियो । त्यस्तै क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष एवम् प्रदेश ५ का संयोजक रवि पाण्डेले राष्ट्रिय स्वाधिनताको विषयमा बहस चलाउने प्रदेश ५ का विभिन्न जिल्लाहरुमा अन्तरक्रिया गर्दै लैजाने जानकारी दिनुभयो । कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष संजय तिवारीको अध्यक्षतामा भएको थियो । महासंघका सल्लाहकार बोल्गा नेपालको सञ्चालनमा भएको कार्यक्रममा क्रान्तिकारी पत्रकार महासंघ पश्चिम नवलपरासीका उपाध्यक्ष बावुराम गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

You might also like