देशभर ३१८ कोरोना संक्रमित आइसियु र ५७ जना भेन्टिलेटरमा

0

असोज २३, २०७७ काठमाडौं :

लक्षणसहितका कोरोना भाइरस (कोभिड १९) का संक्रमितका बिरामी बढेसँगै नेपालमा आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या पनि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल  देशभर ३ सय ९३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचारत रहेको बताइएको छ। जसमा ७५ जना भेन्टिलेटरमा र ३१८ जना संक्रमित आइसियुमा उपचाररत रहेको मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख गरिएको छ। जसमा सबैभन्दा बढी बागमती प्रदेशमा १९६ जना आइसियु र ५७ जना भेन्टिलेटर छन् भने यसैगरी प्रदेश ५ मा ३५ जना आइसियु र ७ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ९ जना भेन्टिलेटरमा र  प्रदेश २ मा २० आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ।  त्यस्तै,  गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियुमा उपचाररत रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण  मृतकको संख्या ६०० पुगेको छ। यस्तै बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६ पुगेको छ। शुक्रबार देशभर १३ हजार ८७९ जनाको पिसिआर परीक्षण गरिएको छ/ …Thaha khaber

You might also like