सरावल गाउपालिकाले ३२ जनाको स्वाव परिक्षणका लागि पठायो

0

परासी २१ साउन – सरावल गाउपालिकाले समुदायस्तरमा कोरोना संक्रमण भए नभएको यकिन गर्नका लागि फ्रन्टलाइनमा कार्यरत ३२ जनाको स्वाब परिक्षणका लागि पठाएको छ । गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले अग्रपंक्तिमा कार्यरत बिभिन्न ब्यक्तित्वहरु स्वाब परिक्षणका लागि पठाइएको बताउनुभयो । त्यस्तै गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले संकलित नमुना परिक्षणका लागि भैरहवा पठाइएको जानकारी दिनुभयो ।

You might also like