बर्दघाट–३ मा अभिमुखीकरण

0

लगुनाहा – बर्दघाट नगरपालिका –३ मा उपभोक्ता समितिलाई योजना कार्यान्वयन सम्बन्धि अभिमुखीकरण तालिम गरिएको छ ।
विहीवार बर्दघाट नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले प्रत्येक वडामा कार्यक्रम संचालन भईरहेको बताउनुभयो ।
तालिममा योजना शाखा प्रमुख पुष्कर काफ्लेले उपभोक्ता समितिमा जनप्रतिनिधि शिक्षक कर्मचारी एंव निर्माण ब्यवसायीलाई राख्न नहुने निर्देशिकामा रहेको जानकारी दिनुभयो । कार्यक्रममा लेखा शाखाका पदम केसी योजना शाखाका सुजन भण्डारीलगायतले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रम बर्दघाट –३ का वडाध्यक्ष रुद्रप्रसाद न्यौपानेको अध्यक्षता पम्फा खनालको संचालनमा भएको थियो ।

You might also like