टाईम साकासद्वारा स्वास्थ्य शिविर

0

बर्दघाट – बर्दघाटस्थित टाईम साकोस र रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा गौतमबुद्ध सामुदायकि मुटु अस्पतालको प्राविधिक सहयोगमा शनिवार सम्पन्न बृहत स्वास्थ्य शिविरमा १ हजार ५ सय ९० जनालाई सेवा गरिएको थियो । दाउन्ने देवी वहुमुखी क्याम्पसमा भएको मुटु, मुगौला, दम तथा छाती एंव अन्य रोग सम्बन्धि शिविरमा विहानैबाट संचालन भएको थियो । शिविरको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले रक्तचाप जचाँएर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख बस्यालले स्वास्थ्य सेवालाई सुलभ र सहज बनाउन नगरपालिका लागि परेको उल्लेख गर्नुभयो । बस्यालले स्थानीय तहले आफ्ना क्षेत्रभित्र रहेका जनतालाई निःशूल्क आधारभुत स्वास्थ्य सेवाका लागि हरेक वडामा स्वास्थ्य चौकीको अवधारणा अनुरुप कार्य गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बरिष्ठ मुटुरोग विशेषज्ञ डा।समिर गौतमले आनिबानी तथा खानपिनकैका कारणले धेरै रोगलाग्ने हुनाले हाम्रो खानपीन र बानी सुधारेर बेला बेलामा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा गौतम बुद्ध सामूदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले गरिबले पाउनुपर्ने उपचारको लागि सिफारिस पत्रमा पहूँचबालाकै बाहुल्यता रहेकोले स्थानीय निकायले बुझेर सिफारिस गरिदिन आग्रह गर्नुभयो ।
समापनका क्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले रोटरी क्लबले स्वार्थ भन्दा माथि उठेर काम गर्ने हुनाले अहिले रोटरी क्लबले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा लगानी गरिएको बताउनु भयो ।

You might also like