संकल्प बहुउदेश्शीयको साधारणसभा

0

बर्दघाट – बर्दघाटमा रहेको संकल्प बहुउदेश्शीय सहकारी संस्था लिमिटेड बर्दघाट –४ को ११ औ बार्षिक साधारणसभा मंगलबर सम्पन्न भएको छ ।
कार्यक्रममा उद्घाटनमा बोल्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैक बर्दघाट शाखा प्रबन्धक सविना पोखरेलले सहकारीले ग्रामीण पँुजीलाई संकलन गर्दै उत्पादनशिल क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुलाई उत्साहित बनाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार चुडामणि भण्डारीले संस्था स्थापनादेखि हाल सम्मका अनुभवहरु राख्दै शुभकामना ब्यक्त गरेका गर्नुभयो । सुर्यगंगा साकोसकी उपाध्यष सिर्जना आचार्य ,संस्थाका सल्लाहकार रमेश बस्याल नवलपरासी सुचना तथा संचार सहकारी ंसंस्थाका संचालक मेगराज पाण्डेलगायतले बोल्नु भएको थियो ।
त्यस्तै साधारणसभामा अध्यक्ष छविलाल खरेलले प्रगति प्रतिबेदन कोषाध्यक्ष घनश्याम पोखरेलले आर्थिक तथा लेखा संयोजक रविलाल पाण्डेले लेखा प्रतिबेदन पेश गरेका गर्नु भएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष छविलाल खरेलको अध्यक्षता सचिव नारायण भण्डारीको संचालन र उपाध्यक्ष राजु प्रसाद खनालको स्वागतमा भएको थियो ।

You might also like