क्रान्तिकारी माओवादी प्रदेश पाँचको प्रथम अधिबेशन

0

दाङ – नेकपा (क्रान्तिकारी माओवादी ) प्रदेश पाँचको प्रथम अधिबेशनले उपनिर्वाचन बहिस्कार सहित १३ बुदें समसामायिक प्रस्ताव पारित गर्दै प्रमोदको नेतृत्वमा ५७ सदस्सीय प्रदेश कमिटी निर्वाचित गरेको छ । कमिटीको ५१ सदस्य पुर्ण र ६ जना बैकल्पिक सदस्य रहेका छन् । उनी क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य समेत रहेका छन ।
त्यस्तै केन्द्रीय समितिबाट शिशिर, संकुल, जिवराज, समीर, पहाड, गर्जन र अर्जुन महिलाबाट सदस्यमा सिर्जना, निमकला र प्रतीज्ञा युवाबाट भुकम्प निर्वाचित भएका छन् । त्यस्तै प्रदेश अन्तरगतका १२ वटा जिल्ला मध्येबाट ११ जिल्लाबाट प्रदेश कमिटीमा प्रतिनिधित्व गराइएको छ । ५१ पुर्ण सदस्यमा १ जना रिक्त र ६ जना बैकल्पिक सदस्य पछि थप गरिने क्रान्तिकारी माओवादीले जनाएको छ ।
प्रदेश कमिटीमा कपिलबस्तुबाट सदस्यमा कमल, ज्ञानीराम ,अमर, आकाश, र छोटु रुपन्देहीबाट मणी, कुमार,बाबुराम ,रमेश,बाँकेबाट पीटी,शिशिर, विराट,सुरेश पश्चिम नवलपरासीबाट चोला , संकल्प र समर सदस्य निर्वाचित भएका छन ।
त्यस्तै अर्घाखाँचीबाट सदस्यमा ज्वाला र दुर्लभ पाल्पाबाट मानध्वज ,दाङबाट अजय,सरल,परिर्वतन, मदन बर्दियाबाट विपिन , विश्वम्भर , बिशाल र विद्रोही , गुल्मीबाट अविरल , तेन्जिङ, मार्सल प्युठानबाट प्रशान्त, सुरज, परिर्वतन, शितल र संगीन रोल्पाबाट शिशिर र बादल प्रदेश सदस्य चयन भएका छन ।
कार्यक्रमको बन्द सत्रमा सो पार्टीका महासचिव मोहन बैद्य किरणले प्रशिक्षण दिएका थिए । २ दिन सम्म दाङको घोराहीमा सम्पन्न प्रथम अधिबेशनले १३ बुदे समसामायिक राजनैतिक प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावमा अमेरिकी इन्डोप्यासिफिक रणनीति खारेज गर्न माग गरिएको छ । त्यस्तै भारतद्धारा अतिक्रमित लिम्पियाधुरा ,लिपुलेक र कालापानी सहितको नक्सा सार्वजनिक गर्न सरकारसंग माग गरिएको छ । त्यस्तै प्रस्तावमा राष्ट्रिय स्वाधीनता , जनतन्त्र र जनजिविकाको बिषय समेटिएका छन् । त्यस्तै भारतबाट आयातिक कृषि उपजमा रोक लगाउने, शहिद परिवार तथा बेपत्ता योद्धा परिवारसंग सम्बन्धित प्रस्ताव समेत पारित गरिएको संकुलले बताए । बन्दसत्रमा नेकपा (क्रान्तिकारी माओवादी ) महासचिव मोहन बैद्य किरणले प्रशिक्षण दिएका थिए । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य एंव पश्चिम ब्यूरो ईञ्चार्ज राजविर निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । अधिबेशनमा २ सय बढि प्रतिनिधि पर्यबेक्षक थिए । अधिबेशन समापनमा नवनिर्वाचित सेक्रेटरी प्रमोदले प्रतिबद्धता समेत जाहेर गरेका थिए ।

You might also like