भारतीय ज्यादतीका बिरुद्ध बन्दुक बोक्नुपर्ने अवस्था आउन सक्छ – बैद्य

0

दाङ २५ कार्तिक – नेकपा ( क्रान्तिकारी माओवादी ) का महासचिव मोहन बैद्य किरणले भारतीय ज्यादतीका बिरुद्ध बन्दुक बोक्नुपर्ने अवस्था आउन सक्ने दावी गर्नुभएको छ । उहाँले लिम्पियाधुरा लिपुलेक र कालापानीको बिषयलाई अन्तराष्ट्रियकरण गर्दै भारतलाई विश्व मञ्च नाङगेझार पार्ने समय आएको उल्लेख गर्नुभयो ।
पहिलो चरणमा यस मुद्धालाई अन्तराष्ट्रिय मञ्चमा उठाएर भारतीय मिचाहा प्रबृतिलाई नाङगेझार पार्नुपर्छ – दाङको घोराहीस्थित बालमन्दिर चोकमा सोमवार पार्टीको प्रदेश ५ को अधिबेशन उद्घाटन गर्दै बैद्यले भन्नुभयो – त्यहाँबाट नभए अतिक्रमित भुभागका फिर्ता गर्न बन्दुक बोक्नुपर्ने अवस्था आउने सक्छ ।
बैद्यले बन्दुक बोक्ने अवस्था आए भारतका श्रमजीवि जनतासंग मिलेर विस्तारवादी नीति बिरुद्ध लडने उहाँले जिकिर गर्नुभयो । त्यहाँ पनि श्रमजिवी जनता अन्यायमा परेका छन् यहाँ हामी सर्वहारावर्गका लागि लडिरहेका छौ – बैद्यले स्पष्ट भन्नुभयो – भारतीय शासकका अत्याचार बिरुद्ध त्यहाँ पनि आन्दोलन जारी छ । हामी श्रमजिवीहरु मिलेर लडने अवस्था आउन सक्छ ।
बैद्यले आन्तरिक राष्ट्रियताको भारतमा निकै समस्यै समस्या रहेकोले भारतले नेपालीहरुसंग निहु खोज्न नहुने तर्क गर्नुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पश्चिम ब्युरो ईञ्चार्ज रामसिं श्रीसले सरकारको लम्पसारवादी प्रवृतिका कारण समस्या आएको बताउनुभयो । उहाँले सत्तारुढ पाटीले कम्युनिष्टहरुको बदनाम गरेको भन्दै सिमाको बिषयमा जनतालाई छारो हाल्ने खालको बिज्ञप्ति दिएको बताउनुभयो ।
कार्यक्रममा क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य प्रेम सुवेदीले अब क्रान्तिकारीहरुबीच एकता र धुब्रीकरणको समय आएको जानकारी दिनुभयो । कार्यक्रममा नेकपा मालेका पोलिटब्युरो सदस्य गोबिन्द केके, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिनोद उपाध्यायले सच्चा राष्ट्रवादी एंव बामपन्थीबीच एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रम सो पार्टीका प्रदेश इंञ्चार्ज एंव सेक्रेटरी प्रेम सुवेदीको अध्यक्षता पिबिएम भुपेन्द्र न्यौपानेको संचालन केन्द्रीय सदस्य निरज केसीको स्वागतमा भएको कार्यक्रममा नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य सुसिला आचार्य थारु मोर्चाका महासचिव रामजी थारु नेपाल पत्रका महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपा विप्लवका दाङ जिल्ला सदस्य भुपमान रानाको नेतृत्वमा ३ जनाले क्रान्तिकारी माओवादीमा प्रवेश गरेका थिए । कार्यक्रम अघि घोराहीमा ¥याली निकालिएको थियो । अधिबेशन मंगलवार नयाँ नेतृत्व चयन गर्दै समापन हुने आयोजकले बताएको छ ।

You might also like