प्रगतिशील साहित्य परिवारमा भण्डारीको नेतृत्व

साहित्य बर्गीय हुन्छ -दुःखी

0

ईश्वरी प्रसाद गैरे ( स्थानीय पत्र संवाददाता )
दाङ ९ कार्तिक – प्रगतिशील साहित्य परिवार तुलसीपुर दाङको विशेष भेला शनिवार तुलसीपुर भएको छ ।प्रगतिशील साहित्य परिवार दाङ उपाध्यक्ष श्री टीका बस्नेतको अध्यक्षमा बसेको विशेष भेलामा प्रमुख अतिथि प्रगतिशील साहित्य परिवारका सस्थापक सचिव राम प्रसाद जैसीले साहित्यले समाज परिवर्तनका लागि सर्जकहरु अगाडि बढनुपर्ने बताउनुभयो ।
सस्थापक उपाध्यक्ष भरत भण्डारीले साहित्यकारहरु समाजको गहना भएकोले जनताका कुराहरु समेटेर अगाडि बढनुपर्ने कुरा राख्नुभएको थियो भने संस्थापक कोषाध्यक्ष तथा इच्छुक साहित्य प्रतिष्ठान का अध्यक्ष समेत रहनु भएका हिरामणी दुखीले साहित्य बर्गिय हुने भएकोले समाज परिवर्तनका लागि कलम चलाउन अझै बाँकी रहेको विचार ब्यक्त गर्नु भयो । उक्त भेलामा रमा नेपाली ,दिपा घिताल, युवराज बस्याल ,खगेश्वर भण्डारी ,मनोज थापा लगायतका साहित्यकारले कबिता ,गजल बाचन गर्नुभएको थियो ।
उक्त भेलाले खगेश्वर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष डिल्ली बस्नेत “सङ्गीत“ सचिव सचिव दिपा घिताल, सह सचिब दुर्गा बि क ,कोषाध्यक्ष प्रेमराज पाण्डे रहनु भएको छ । सदस्यहरुमा युवराज बस्याल ,रमा नेपाली ,मनोज थापा ,इश्वरी प्रसाद गैरे रहनु भएको छ भने सल्लाहकारहरुमा हिरामणी दुखी, टिकाराम रेग्मी ,राम प्रसाद जैसी,भरत भण्डारी ,शालिकराम रजौरे, टीका बस्नेत रहनु भएको छ भने भेलाको सञ्चालन डिल्ली बस्नेत “सङ्गीत“ ले गर्नु भएको थियोे ।

You might also like