खजुरा खोलाको नदीजन्य निकासी बारे टेक्टर ब्यवसायी भन्छन –’रोयल्टी महङगो भयो’

0

बर्दघाट – बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाबाट निकासी हुने नदीजन्य पद्धार्थमा ठेकेदारले रोयल्टी रकम बढी लिएको ट्याक्टर ब्यवसायीहरुले आरोप लगाएका छन । आर्थिक बर्ष २०७६÷ ७७ का लागी ढुंगा, मिस्कट, रोडा जस्ता नदीजन्य पदार्थ निकासीका लागी पुष्पाञ्जली कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि काठमाण्डौले करिब २ करोड ११ लाख रुपैयामा ठेक्का लिएको थियो । ट्याक्टर ब्यवसायीहरुको भनाई अनुसार प्रतिफुट ६ रुपियाको दरले १ सय फुटको ६ सय रुपिया, १३ प्रतिशत भ्याट र डेढ प्रतिशत कर गर्दा समान्य चलनचल्ती अनुसारका टयाक्टर टालीमा प्रति टाली एक सय फुट नदजन्य पदार्थ जाने र भ्याट कर जोडेर बढीमा ६ सय ८७ रुपिया प्रति टाली हुन आउने छ । तर ठेकेदारले प्रति टाली ८ सयको दरले रोयल्टी लिएर प्रति टालीमा १ सय १३ रुपिया बढी असुली गरेको बर्दघाट पोष्ट दैनिकले प्राथमिकताका साथ यो समाचार छापेको छ ।

You might also like