संस्कृतिका विसंगति हटाउन सांस्कृतिककर्मीलाई नगर प्रमुख बस्यालको आग्रह

0

नवलपरासी – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले लोकसंस्कृतिमा रहेका विसंगति हटाउन सांस्कृतिककर्मीहरुलाई आग्रह गरेका छन् । शुक्रबार सहयोगी मिडिया प्रालिद्धारा संचालित दौतरी एफएम १०५ दशमलव ८ मेगाहर्ज बर्दघाटले स्थापना दिवसको अवसरमा आयोजना गरेको किसान राष्ट्रिय लोक तथा दोहरी गित प्रतियोगिता एवं साँस्कृतिक उत्सव– २०७६ लाई सम्बोधन गर्दै उनले लोकसंस्कृतिलाई जोगाउन सांस्कृतिककर्मी नै लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोक गितलाई मौलिक र मनोरञ्जनात्मक बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि बस्यालले पछिल्लो समय लोक गितका नाममा संस्कृति नै धरापमा पर्ने खालका विसंगति युक्त शब्दहरुले पारिवारिक रुपमा त्यस्ता गितहरु हेर्न र सुन्न नसकिने खालको रहेको चर्चा गर्नुभएको थियो । कार्यक्रममा लोकदोहोरी प्रतिष्ठान नवलपरासीका उपाध्यक्ष एकदेव पाण्डे लगायतले मन्तब्य राख्नुभएको थियो । सो प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो भने कलाकारहरु प्रचण्ड जिसी, नारायण लेकाली, भुपराज न्यौपाने, श्यामकला भण्डारी, राज श्रेष्ठ, देवकली बस्नेत, भरत क्षेत्री लगायत राष्ट्रिय कलाकार शान्ति श्री परियारको बेजोड प्रस्तुति रहेको थियो ।  कार्यक्रम सहयोगी मिडिया प्रालिका अध्यक्ष गणेश पाण्डे सिसमको अध्यक्षता तथा बर्दघाट नगपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं सुस्ता गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेको विशिष्ट आतिथ्यता दौतरी एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीको स्टेशन म्यानेजर घनश्याम पाखरेल राजुको संचालमा भएको थियो ।

You might also like