बर्दघाट बजार विकास समिति द्धारा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि कार्यक्रम

नवलपरासी- बर्दघाट बजार विकास समिति आयोजनामा सुर्तिजन्य पदार्थ नियन्त्रण सम्बन्धि कार्यक्रम भएको छ ।सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ सम्बन्धी सार्वजनिक स्थलको ब्यवस्थापनको लागि समिक्षा कार्यक्रम बुधवार बर्दघाटमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले नेपाल सरकारले लागु गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन नियम तथा निर्देशिका २०६८ को बारेमा छलफल हुनुका साथै नगर प्रमुख बस्यालले सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमनको लागि नगरले काम गरिरहेको बताउदै सुर्तिजन्य पदार्थ मुख र फोक्सोको क्यान्सरको प्रमुख जड रहेको र सुर्ती गुट्काका खोलले बाताबरणमा फोहोर गर्ने भएकोले त्यसलाई नियन्त्रण गर्न ब्यबसायी र ब्यापारीहरुको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै बर्दघाट वडा नम्बर ४ का वडा अध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता रविन्द्र विक्रम हमालले नगरपालिकाको अभियानमा सहयोग गर्न ब्यापारीहरुलाई आग्रह गर्नुर्भयो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली र योजना प्रमुख पुस्कर काफ्लेले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमको सहजिकरण गर्दै बर्दघाट स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले ऐनमा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थ सेवन गर्न नपाइने, १८ वर्ष कम उमेर र गर्भवति महिलाले विक्रि वितरण तथा खरिद गर्न नपाइने, सार्वजनिक स्थलको १०० मिटरको आसपासको क्षेत्रमा उक्त बस्तुहरु बेचविखन गर्न नपाइने र दैनिक उपभोग्य खाद्ययवस्तु विक्रि बितरण गर्ने पसलबाट सुर्तिजन्य पदार्थ वितरण गर्न नपाइने तथा सञ्चार माध्यमबाट विविध कार्यक्रम समारोह वा अवसरहरुमा विज्ञापन प्रचारप्रसार प्रवद्र्धन वा प्रायोजन गर्न नपाइने व्यवस्था रहेकोमा सो कानुनी व्यवस्था उल्लंघन गरेमा रु १ सय देखि १ लाख रुपैया सम्म जारिवानाको व्यवस्था पनि रहेको जानकारी दिनुभयो । सो कार्यक्रममा बर्दघाट उद्योग बाणिज्य संघले निकट भविष्यमै गर्न लागेको औधोगिक बयापार मेला २०७६ लार्य कसरी ब्यवस्थित र मर्यादित बनाउन सकिने भन्ने विषयमा समेत ब्यापक छलफल गरिनुका साथै सम्पन भेलाले बजार विकास समितिका तर्फबाट विभिन्न ब्यवसायीहरु गरि १० जना ब्यवसायीले उद्योग बाणिज्य संघ संग आफ्ना हकहित र भुमिकाका बारेमा छलफल गर्न समेत चयन गरेको समितिका अध्यक्ष कोइरालाले बताउनुभयो। समितिका उपाध्यक्ष सुर्या हितांगको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सचिव विष्णु पराजुलीले गर्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष शोभाकान्त कोइरालाको अध्यक्षतामा भएको थियो ।

You might also like