ग्रामीण कृषि उत्पादक समुहद्धारा उन्नत प्रविधियुक्त सामुहिक तरकारी खेती उद्घाटन
रवि पाण्डेय बर्दघाट (बेलाहानी)– ग्रामीण कृषि उत्पादक समुहले उन्नत प्रविधियुक्त सामुहिक तरकारी खेती शुरु गरेको छ । ग्रामीण साकोसद्धारा प्रवद्धित सो समुहले पश्चिम नवलपरासीको बर्दघाट ७ बेलाहानीमा थोपा सिंचाई सहितको उन्नत तरकारी खेती शुरु गरेको हो ।

उत्पादनबाट मात्र आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने अभिप्रायले सो समुहले तरकारी खेती शुरु गरेको जनाएको छ । ३३ जनाको लगानी ३ बिघा क्षेत्रफलमा शुरु गरिएको उक्त उन्नत तरकारी खेतीको मंगलवार प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले सिर्जना जातको स्वदेशी गोलभेंडाको बिरुवा रोपेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य अधिकारीले विषादि मुक्त तरकारी खेतीका लागि प्रदेश सरकारले कार्यक्रम संचालन गरेको बताउनुभयो । सामुहिक खेती शुरु गरेर साह्रै महत्वपुर्ण कार्य गरिरहनु भएको छ – अधिकारीले भन्नुभयो – यो मेरो निर्वाचन क्षेत्रको सबै भन्दा नमुना कार्य हुनेछ । अधिकारीले प्रदेश पाँचको राजापुर देखि सुस्ता उर्वरभुमि रहेको बताउदै कृषिबाट मात्रै आर्थिक समृद्धि हुने बताउनुभयो । कृषिबाट मात्र आर्थिक समृद्धि सम्भव छ कृषिलाई प्रदेशले पर्यटनसंग पनि जोडन सक्नुपर्दछ – उहाँले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगर समुहको कार्यबाट नगरमा कृषि प्रति उत्साह हुने बताउनुभयो ।यहाँहरुसंग साझेदारी गर्न नगरले कुनै कसर बाँकी राख्ने छैन – बस्यालले भन्नुभयो – यहाँहरुको उत्साहबाट नगरलाई अझ उत्साही बनाएको छ । प्रमुख बस्यालले बिषादीबाट मुक्ति पाउन अग्र्यानिक खेती तर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।त्यस्तै कार्यक्रममा ग्रामीण साकोसका सल्लाहकार बद्री खनालले अरुको आलोचनामा समय फाल्नु भन्दा उत्पादनमा जोडिनु उत्तम रहेको बताउदैं आफनो जिवनबारे पनि समिक्षा गर्नुपर्ने समय आएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल एग्रो लाईफ प्रालिका कोर्डिनेटर दिपक खनालले नेपालले भारतबाट धनीया अष्टे«लियाबाट दाल र चीनबाट लसुन आयात गर्नुपरेको बताउदै प्रविधि युक्त खेतीबाट मात्र उत्पादन बृद्धि हुने बताउनुभयो । ब्यापार घाटा कम गर्ने उपाय उत्पादन मात्र हो –खनालले भन्नुभयो– प्रविधि प्रयोग गरे असफल भइदैन ।

साकोसका अध्यक्ष रविन्द्र बिक्रम हमालको अध्यक्षता कृष्णहरि पौडेलको संचालन रामप्रसाद पौडेलको स्वागतमा भएको कार्यक्रममा समुहमा आबद्ध सदस्यका साथै वडा नम्बर ५ का वडाध्यक्ष रेश्मीराज भटटराई , ७ का वडाध्यक्ष धुब्र थारु लगायतको आतिथ्यता थियो ।