दिब्यज्योति बहुमुखी क्याम्पस चिसापानीमा शुल्क बृद्धिको बिरोध

0

बर्दघाट – पश्चिम नवलपरासीको दिब्यज्योति बहुमुखी क्याम्पस बर्दघाट – २ चिसापानीमा अध्ययरत बिद्यार्थीले मासिक तथा भर्ना शुल्क बृद्धिको बिरोध गरेका छन ।

आइतबार त्यहाँ क्रियाशिल स्वतन्त्र बिद्यार्थी युनियन, अनेरास्ववियु र नेबिसंघले शुल्क बृद्धिको विरोध गरेका हुन । उनीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मासिक तथा भर्ना शुल्क बृद्धि फिर्ता लिन भनेका छन । स्ववियुका सभापति प्रकाश पाण्डे, स्ववियुका सचिव केदार चौधरी, अनरास्ववियु अध्यक्ष नारायण बस्याल र नेवि संघ ईकाई सभापति कमल बस्यालद्धारा हस्ताक्षरित सो विज्ञप्तीमा विद्यार्थीहरुको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारमा आँच पुग्ने गरि शुल्क निर्धारण समितीको निर्णयमा विद्यार्थीहरुको असहमति हुदाहुदै र विद्यार्थीहरुको आन्तरिक मर्म र पिडालाई वेवास्ता गरिएको भन्दै शुल्क वृद्धि प्रति आपति जनाइएको छ । बिज्ञप्तिमा २ दिनभित्र शुल्क बृद्धि फिर्ता नलिए थप सशक्त र चरणबद्ध आन्दोलन गर्ने उल्लेख छ ।

You might also like