किसानले पाए खनिज मिश्रण

0

बर्दघाट : बर्दघाट नगरपालिका कार्यालय पशुपन्छी विकास शाखाले आ.व.०७७ /०७८ को स्विकृत कार्यक्रम अनुसार व्यवसायिक पशुपालन फार्महरुलाई खनिज मिश्रण उपलव्ध गराउने कार्यक्रम सम्पन्न भएको छ । पशुपालक कृषकहरुलाई स्थानिय स्तरमा उत्पादन हुने मकै, गहु, धान, भटमास जस्ता कच्चा पदार्थहरु मिलाई दाना बनाउने र त्यस दाना लाई संतुलित बनाउनका लागि दानामा मिसाउने मुख्य तथा सुक्ष्म पोषक तत्वयूक्त खनिज मिश्रण वितरण गरिएको हो । पशुपालक कृषकहरुले बजारको तयारी दाना खरिद गरि पशु आहारा व्यवस्थापन गर्ने गरेकाले दुध र मासु जस्ता पशुजन्य उत्पादनमा प्रति एकाई उत्पादन लागत बढी हुन गई कृषकको आयआर्जन र बचतमा कमि आएको देखिन्छ । स्थानिय स्तरमा उत्पादन हुने मकै, गहु, धान, भटमास जस्ता कच्चा पदार्थहरु मिलाई दाना बनाउने र त्यस दाना लाई संतुलित बनाउनका लागि दानामा मिसाउने मुख्य तथा सुक्ष्म पोषक तत्वयूक्त खनिज मिश्रण उपलव्ध गराईएको थियो। कार्यक्रम लक्ष अनुसार नगरमा स्थापना भई संचालनमा रहेका साना/ठुला गरि ११६ वटा व्यवसायिक गाई/भैसी/बाख्रा/बंगुर पालक कृषक/उद्यमीहरु लाभान्वित भएको पशु पन्छी शाखा प्रमुख भरत लम्सालले बताउनु भयो । कार्यक्रम अन्तर्गत ५ केजीको १२० प्याकेट र १० केजीको ५० प्याकेट गरि कुल ११०० केजी वितरण गरिएको छ । पशु पोषण एवम् पशु स्वास्थ्य सुधारको लागि पशुको दानामा खनिज मिश्रण को निकै भुमिका रहेको हुन्छ । घाँस परालको साथै शरिरलाई आवश्यक पर्ने खनिज र भिटामिन मिश्रित दाना पशुहरुलाई नियमित रुपमा उपलव्ध गराउन सकेमा पशु मोटाघाटा हुने, नियमित उत्पादन दिने, उत्पादनमा बृद्धि हुने, समयमै बाली जाने, स्वस्थ्य बच्चा उत्पादन हुने, जस्ता फाईदा हुने लम्सालले बताउनु भयो ।

You might also like