पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम

0

सुनवल – नेपाल पर्यटन पत्रकार महासंघ पश्चिम नवलपरासीको आयोजनामा पर्यटन प्रबद्र्धन विषयक अन्तरक्रिया कार्यक्रम देवदह ताल तरगौलीमा भएको छ । शुक्रवार सम्पन्न सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशब भण्डारीले लुम्विनी संगै रामग्राम र तरगौलीस्थित तालको संरक्षण गर्न सके पर्यटनको विकास हुने बताउनुभएको थियो ।


कार्यक्रममा विशेष अतिथि सुनवल नगरपालिका बडा नं. ७ का बडा अध्यक्ष बसन्त दाहालले नगरपािलकाले देबदह ताल तरगौलीको विकासका लागि गुरुयोजना सहित योजना बनाउन लागेको बताउनुभयो ।
कार्यक्रममा बडा नं. ८ का बडा अध्यक्ष निलकण्ठ गैरे, नेपाल पर्यटन पत्रकार महासंघका केन्दिीय सदस्य मोहन पौडेल, प्रदेश नं. ५ का महिला उपाध्यक्ष बिष्णु खनाल , देबदह ताल संरक्षण समिति तरगौलीका अध्यक्ष टेक बहादुर कार्की बडा नं. ७ का बडा सदस्य नामनारायण कोहर, वडा नं. ८ का बडा सदस्य कृष्ण बहादुर केसी, सल्लहाकार राजेन्द्र बुढा होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ नवलपरासीका उपाध्यक्ष खड्क राना लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम महासंघका जिल्ला अध्यक्ष नारायण भण्डारीको अध्यक्षता घनश्याम पोखरेलको संचालन र रमेश भुसालको स्वागतमा भएको जनाइएको छ ।

You might also like