सहकारी एकीकरणका लागि अन्तरक्रिया,

0

बर्दघाट – समान उद्धेश्य रहेका सहकारी संस्थाबीच एकीकरणको आवश्यकता औल्याइएको छ । संकल्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको योजनामा सहकारी संस्था बीच सहकार्य र एकिकरण विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा औल्याइएको हो ।

तस्विर :दौतरी एफएम

बर्दघाटमा मंगलवार सम्पन्न भएको कार्यक्रममा बर्दघाट नगरपालिका भित्र रहेका विभिन्न सहकारीका पदाधिकारी तथा लेखा संयोजकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रकाश पार्दै संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लिमिटेडका अध्यक्ष छविलाल खरेलले संकल्प बहुउदेश्शीय संस्था रहेका कारण समान उद्धेश्य भएकाहरुबीच एकीकरणमा आफु ईच्छुक रहेको भन्दै संस्थाको गतिबिधि माथि प्रकाश पार्नुभयो । कार्यक्रममा टाईम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र प्रकाश उपाध्यायले सहकारीबीचको एकीकरणमा तीब्रता दिनुपर्ने समय आएको बताउनुभयो ।
अन्तरक्रियामा सुपर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु बहादुर बस्नेत, सुर्यगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जनक बहादुर रावल, नवलपरासी सुचना तथा संचार सहकारी संस्थाका अध्यक्ष भोजराज ढकाल लगायतले आ आफ्नो धारणा ब्यक्त गर्नुभयो ।
सो कार्यक्रममा ६ वटा सहकारीका प्रतिनिधि सहभागी थिए । कार्यक्रममा उद्धेश्य एक भएपछि नाम पद र राजनितिलाई गौण मान्दै सहकारीबीच एकता हुनुपर्नेमा जोड दिइएको थियो ।
अन्तरक्रियाले सहकारीबीच एकीकरणको साझा मञ्च तयार पार्दै अन्तरक्रियालाई तीब्रता दिनुपर्ने निष्र्कष समेत निकालिएको छ ।
आगामी अन्तरक्रिया सुर्यगंगा साकोसले आयोजना गर्ने निर्णय भएको अध्यक्ष जनक बहादुर रावलले बताउनुभयो । अन्तरक्रिया संकल्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष छबिलाल खरेलको अध्यक्षता सचिव नारायण भण्डारीको संचालन र लेखा समिति संयोजक रबि पाण्डे को स्वागतमा सम्पन्न भएको थियो ।

You might also like