लक्षित बर्गको जिविकोपार्जनका लागि बाख्राका पाठी वितरण

0

जहदा – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १२ को कार्यालयले लक्षित बर्गको जिविकोपार्जनका लागि उन्नत बाख्राका पाठी वितरण गरेको छ । विहीवार सामाजिक विकास कार्यक्रम अन्तरत वडाले विपन्न महिला दलित तथा जनजातिलाई बाख्राका पाठी वितरण गरेको हो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगरको समृद्धि कृषि क्षेत्रबाट हुने बताउदै पशु तथा कृषिको क्षेत्रमा नगरले अभियान नै संचालन गर्ने बताउनुभयो । कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल,पशुसेवा शाखा प्रमुख भरत लम्साल, गिता विक रामबहादुर विक लगायतले बोल्नुभएको थियो ।

सो कार्यक्रममा २४ वटा पाठी कृषकलाई प्रदान गरिएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य प्रतिमा चौधरी, अबिशेक लामिछाने, भेषराज पौडेललगायतको आतिथ्यता थियो ।

कार्यक्रम वडाध्यक्ष मानबहादुर मल्लको अध्यक्षता वडा सचिव डिल्लीराम उपाध्यायको संचालन वडा सदस्य निमप्रसाद बस्यालको स्वागतका भएको थियो ।

You might also like