बर्दघाट नगरपालिकाको बजेटको बिषय जिल्ला प्रशासनदेखि समन्वय समिति सम्म

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको आर्थिक बर्ष २०७६ ÷ ०७७ को लागि वितरित बजेट सिलिङको बिषय जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समिति सम्म पुगेको छ । केही दिन अघि कार्यपालिका बैठक बहिस्कारदेखि बक्तब्यबाजी सम्म सिमित बजेटको बिषय अहिले भने जिल्लास्थित सरकारी कार्यालय सम्म पुगेको हो ।

नेपाली काग्रेस सम्बद्ध ६ वटा वडाका अध्यक्षले आइतवार बजेट सिलिङको बिषयमा ज्ञापनपत्र बुझाएपछि यो विवादले नयाँ रुप लिदैै गएको छ । ती वडाध्यक्षले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र जिल्ला समन्वय समिति पश्चिम नवलपरासीमा ज्ञापन पत्र बुझाएका छन् । गत बैठकमा आगामी आर्थिक बर्षको २०७६।०७७ का लागी समस्टीगत बजेट सिलिङ आय व्यय स्रोत गत छलफल का लागी बसेको बैठकमा बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले आगामी आर्थिक बर्षका लागी निति तथा कार्यक्रम एवं बजेट विनियोजनको तयारीमा आफु खुसी गरेको भन्दै बैठक बहिष्कार गरेका वडा नम्बर ६,७,१०,११,१५ र १६ का वडाध्यक्षले सात बुदे माग सहित ज्ञापन पत्र बुझाउनुभएको थियो । ज्ञापन पत्रमा हचुवाको भरमा आएको आ.व २०७६।०७७ को बजेट सिलिंङ तत्काल सच्याउनु पर्ने , खर्च भएको बजेट पारदर्शी हुनु पर्ने , लोकतान्त्रिक मुल्य र मान्यता अनुसार आर्थिक पारदर्शिताका लागी लेखा समिति गठन गर्नु पर्ने , गत बर्षको बजेटको समिक्षा हुनु पर्ने , केन्द्रिकृत गरिएको बजेट बिकेन्द्रिकृत गर्नु पर्ने , नगरपालिका बाट दिने योजनाहरु भेदभाव रहित तरिकाले वितरण गर्नु पर्ने लगायतका मागहरु उल्लेख गरिएको छ । २३ जना सदस्य रहेको कार्यपालिकामा सदस्य तथा वार्ड अध्यक्षहरु वार्ड नंं ६ का वार्ड अध्यक्ष रोहित थारु , वार्ड नं ७ का वार्ड अध्यक्ष धु्रव थारु १० का वार्ड अध्यक्ष राजु मिश्र , वार्ड नं. ११ का वार्ड अध्यक्ष तिर्थराज फौजदार , वार्ड नं. १५ का अध्यक्ष बल बहादुर बलाल र वार्ड नं. १६ का वार्ड अध्यक्ष शुक बहादुर गुरुगंले ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
(((((((((((((((((((((((

You might also like