सामुहिक बाख्रापालन कार्यक्रम

0

कुश्मा – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिकाले मुख्यमन्त्री ग्रामीण विकास परियोजना अन्तरगत सामुहिक बाख्रापालन कार्यक्रम शुरु गरेको छ ।

सोमवार पाल्हीनन्दन ३ कुश्मामा गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले सो बाख्रापालन समुहलाई बाख्रा ४६ वटा माउ एंव पाठी हस्तान्तरण गरेर कार्यक्रम शुरु गर्नुभएको थियो ।

सो बाख्रा समुहलाई २ वटा उन्नत बोका सहित १० लाख रुपैयाका उन्नत बाख्रा एंवम घाँस तथा परामर्श समेत दिइने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो ।

समुहको ५ लाख लगानी सहितको सो फार्म संचालन भएको घनश्याम गुप्ताले बताउनुभयो ।

कार्यक्रममा पुर्व सभासद दुलारी हरिजन , वडाध्यक्ष उमेश हरिजन सहितका सरोकारवालाको उपस्थिति थियो । यस अघि गाउपालिकाले बाख्रा पैचो कार्यक्रम समेत संचालन गर्दै आएको थियो ।

You might also like