पिपिआर महामारी बिरुद्ध भ्याक्सिन
बर्दघाट -भेडाबाख्रामा लाग्ने महामारी पिपिआर बिरुद्ध बर्दघाट नगरपालिकामा भ्याक्सिन शुरु गरिएको छ । बर्दघाट नगरपालिका पशुसेवा शाखाले सो अभियान शुरु गरेको हो ।
अभियान अन्तरगत शनिवार प्राविधिक टोलीले वडा नम्बर ३ र ५ का कृषकका बाख्रामा पिपिआर बिरुद्ध भ्याक्सिन लगाएको थियो । वडा नम्बर ५ का वडाध्यक्ष रेश्मीराज भट्टराईका अनुसार पशु सेवा प्राविधिकको टोलीले वडामा बण्डाखोला , सखुवानी र पाल्डाडामा भ्याक्सिन लगाएको हो ।
टोलीले दुई वटा वडाका ९ सय भन्दा बढि बाख्रामा भ्याक्सिन लगाएको जनाईएको छ । बर्दघाट नगरपालिकामा गाई भैसीका लागि चरचरे र भ्यागुते रोग बिरुद्ध समेत अभियान संचालित छ ।