जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर

0

ईश्वरी प्रसाद गैरै / बिमल आचार्य
बुटवल ४ जेठ – युनिटी हेल्थ क्लिनिक प्रालि बुटवलको आयोजना एंवम कपिलबस्तु सामुदायिक अस्पताल जितपुरको सहकार्यमा बाणगंगास्थित जितपुर चारनम्बरमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा फिजिशियन डा.कृष्णचन्द्र गोदार हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा. लक्ष्मण शर्मा स्त्री रोग बिशेषज्ञ डा. दिक्षा श्रेष्ठ रेडियोलोजिष्ट प्रताप आचार्य लगायतले सो शिविरमा सेवा प्रदान गर्नुभएको थियो । प्रालिले सामाजिक उत्तरदायित्व अन्तरगत शिविर संचालन गरेको युनिटी हेल्थ क्लिनिक प्रालिका संचालक बिजय आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारु उपप्रमुख चक्रपाणी अर्यालले एउटा निजीक्षेत्रको स्वास्थ्य संस्था भएर पनि निशुल्क शिविरको आयोजना गरेकोमा युनिटी परिवारलाई धन्यवाद ब्यक्त गर्दै कदर पत्र समेत प्रदान गर्नुभएको बताइएको छ ।

शिविरमा २ सय ५० बढि सेवाग्राहीले सेवा लिएका थिए । ६० बर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गरी शिविर संचालन गरेको भन्दै सेवाग्राही समेत शिविरबाट हर्षित भएका थिए ।

You might also like