मदन – आश्रित दिवस मनाइयो

0


नवलपरासी – पश्चिम नवलपरासीको बिभिन्न स्थानमा मदन–आश्रित स्मृति दिवस मनाइएको छ । शुक्रवार जेठ ३ गते तत्कालिन एमाले महासचिव मदन भण्डारी र नेता जिवराज आश्रितको स्मृतिमा दिवस मनाइएको हो । सो क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपा सुनवल नगर कमिटी को आयोजनामासहिद बिष्णु पाण्डे प्रतिष्ठान बनकट्टीमा २६ औ स्मृति दिवस नेकपाका सुनवल नगर कमिटी अध्यक्ष ओम गुरुगंको अध्यक्षता एवं नेकपाका नेता एवं प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी अध्यक्ष भविश्वर तिवारी आजादको विशेष आतिथ्यतामा भयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले जननेता मदन भण्डारीलाई सम्झदै तत्कालिन अवस्थामा विसम परिस्थितीमा पनि नेकपाले शान्ति पुर्ण आन्दोलन लाई अंगाल्दै शान्ति प्रक्रियाका माध्यमबाट सत्तामा जान सकिने विचारमा अडिक रहनुभएको बताउनुभयो ।
सोहि कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै जिल्ला कमिटी अध्यक्ष आजादले जननेता मदन भण्डारीले वहुदलिय जनवाद अंगाल्दै कार्य दिशा अगाडी बढाएको स्मरण गर्दै उक्त विचार आज पनि सान्दर्भिक रहेको बताउनुभयो ।
सो अवसरमा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य खिमलाल पोख्रेल,सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम आर्याल,सहिद पत्नी भागिरथी पाण्डे, नारायण पाण्डे लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगर कमिटीका सदस्य मुरली गौतमको स्वागत नगर कमिटीका सचिव विर बहादुर विकको संचालन रहेको थियो ।
त्यस्तै,नेपाल कम्युनिष्ट पार्टी नेकपाको बर्दघाट नगर कमिटीको आयोजनामा जननेता मदन भण्डारी र तत्कालिन संगठन विभाग प्रमुख जिव राज आश्रितको रहस्यमय दुर्घटनामा मृत्यु भएको २६ औं स्मृति दिवस शुक्रबार बर्दघाटमा सम्पन्न भएको छ ।

नगरकमिटी अध्यक्ष इन्द्र रानाको अध्यक्षता तथा जेष्ठ कम्युनिष्ट मञ्चका केन्द्रिय सदस्य रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य शिवलाल कण्डेल, बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल, प्रदेशसभा सदस्य दिपेन्द्र कुमार अधिकारी,सिता वौडेल,प्रदेश कमिटी सदस्य वृहस्पति अधिकारी लगायत नेताहरुले भण्डारीको स्मरण गर्दै मन्तव्य व्यक्त गर्नुभएको थियो । सचिवालय सदस्य लक्ष्मि बर्ताैलााको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिवालय सदस्य गोविन्द विकले गर्नुभएको थियो ।

You might also like