पत्रकारले संचार सामाग्रीलाई जेल पठाए

0

नवलपरासी – पश्चिम नवलपरासीका पत्रकारले शुक्रबार कारागारमा पुगी संचार समाग्री बुझाए । जिल्ला प्रशासन कार्यालय नवलपरासीमा सञ्चार सामाग्री प्रर्दशन गरेका पत्रकारले कारगारमा पुगेर क्यामरा , रेडियो, रेर्कडर, कलम डायरी बुझाएका थिए ।

प्रतिनिधिसभामा पेश भएको मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोलनरत पत्रकारले प्रस्तावित बिद्येयकमा समाचार लेखेवापत जेल जानुपर्ने भएकोले जेल जानु अघि नै जेलरलाई संचार सामाग्री बुझाएका हुन । सञ्चार सामाग्री कारागारमा बुझाउनु अघि सदरमुकाम परासीमा विधेयकविरुद्ध प्रदर्शन गर्दै पत्रकारले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनपछि कारागार पुगेका पत्रकारको टोलीले जेलर जगतबहादुर बस्नेतलाई सञ्चार सामाग्री बुझाएका हुन । बिरोधको यो शैलीलाई नयाँ रुपमा समेत लिइएको छ । विधेयकमा तोकिए अनुसारको जरिवाना पत्रकारले बुझाउन नसक्ने र कानुनअनुसार जेलमा जानु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिएकाले जेलरलाई सञ्चार सामाग्री बुझाइएको पत्रकार महासंघका जिल्ला शाखा अध्यक्ष हरि शर्माले जानकारी दिनुभयो । जेलमा समाचार लेख्न नपाए पनि सामाग्री देखेर पत्रकारिताप्रति थप उत्साह जाग्ने भएकाले उक्त सामाग्री जतनले राखिदिन पत्रकारले जेलर बस्नेतलाई आग्रह गरेका थिए ।
प्रेस युनियनको एकल ब्यानर प्रयोग गरिएको भन्दै बिरोध
नेपाल पत्रकार महासंघले शुक्रवार आयोजना गरेको बिरोध कार्यक्रममा नेपाल प्रेस युनियनको एकल ब्यानर प्रयोग गरिएको भन्दै बिरोध समेत भएको थियो । महासंघ साझा संस्थाले गरेको कार्यक्रममा युनियनले आफनो ब्यानर प्रयोग गरेकोमा असन्तुष्टि जनाइए पछि सो कार्यक्रम पछि आयोजना गरिएको जेलरलाई सामाग्री बुझाउने कार्यक्रममा युनियनको ब्यानर हटाइएको थियो । महासंघ साझा थलो हो त्यहाँ युनियनको मात्रै ब्यानर किन ? पत्रकार घनश्याम पोखरेल लगायतले बिरोध गरेपछि ब्यानर हटाइएको थियो । नेपाल पत्रकार महासंघ नवलपरासीका पूर्व सभापति केशव पराजुलीले साझा संस्थामा युनियनको मात्र ब्यानर उचित नभएको भन्दै महासंघको मात्र ब्यानर प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । नेपाल प्रेस युनियन नवलपरासीले भने एकल रुपमा ब्यानर प्रयोग नभई ऐक्यबद्धताका लागि ब्यानर राखिएको बताएको छ ।

You might also like