सांसद त्रिपाठीले अनागरिकलाई क्याम्पस प्रमुख बनाउन चलखेल गरेको संगीन आरोप

0

बर्दघाट – नेपाली काँग्रेस क्षेत्र नम्बर एक बर्दघाट सुस्ता पश्चिमले संघीय सांसद तथा पूर्व मन्त्री ह्दयेश त्रिपाठी उपर अनागरिकलाई क्याम्पस प्रमुख बनाउन चलखेल गरेको संगीन आरोप लगाएको छ । पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारीमा रहेको त्रिभूवन क्याम्पसमा अनागरिक मनोजधर दुवेलाई क्याम्पस प्रमुख बनाउन त्रिपाठीले क्याम्पसमा ठाडो राजनैतिक हस्तक्षेप गरेको आईतवार पत्रकार भेटघाट गरी काग्रेसले आरोप लगाएको हो ।बर्दघाट – नेपाली काँग्रेस क्षेत्र नम्बर बर्दघाट सुस्ता पश्चिमले संघीय सांसद तथा पूर्व मन्त्री ह्दयेश त्रिपाठी उपर अनागरिकलाई क्याम्पस प्रमुख बनाउन चलखेल गरेको संगीन आरोप लगाएको छ । पश्चिम नवलपरासीको प्रतापपुरस्थित बेलाटारीमा रहेको त्रिभूवन क्याम्पसमा अनागरिक मनोजधर दुवेलाई क्याम्पस प्रमुख बनाउन त्रिपाठीले क्याम्पसमा ठाडो राजनैतिक हस्तक्षेप गरेको आईतवार पत्रकार भेटघाट गरी काग्रेसले आरोप लगाएको हो ।

पत्रकार भेटघाटमा नेपाली काग्रेसका नेता तथा सबिद्यानसभा सदस्य देवकरण कलवार, क्षेत्रीय सभापति मुकुल कुमार आचार्य र युवा नेता उमेशचन्द्र यादवले त्रिपाठीले शैक्षिक संस्थामा ठाडो हस्तक्षेप गरेको बताउदै क्याम्पस सभाबाट गरिने विद्यान संशोधन समेत अबैधानिक तवरले गरेको बताउनुभयो । सो कार्यक्रममा वितरित बिज्ञप्तिमा समेत त्यस्तो हतक्षेपबाट उत्पन्न बिषम परिस्थितिको जिम्मेवार क्याम्पस प्रशासन हुने उल्लेख छ ।

पत्रकार भेटघाटमा क्याम्पसमा नितिगत अनियमितता रहेको र क्याम्पसलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन त्रिपाठीले हस्तक्षेप गरेको समेत आरोप लगाइएको थियो । हाल क्याम्पसमा ३ सय १० जना बिद्यार्थी अध्ययनरत रहेकोमा सो क्याम्पसका प्रमुख मुक्तीनाथ पाण्डेले राजिनामा दिनुभएको थियो । त्यसपछि निमित्त क्याम्पस प्रमुख मनोजधर दुबेलाई बनाइएको थियो । केदारनाथ पाण्डे अध्यक्ष रहेको ब्यवस्थापन समितिको पनि समयसिमा समाप्त भइसकेपछि त्यहाँको विवाद झन बृद्धि हुदै गएको छ । करिब आठ महिना देखि पढाई नियमित हुन नसकेको बताइएको छ ।

You might also like