क्रान्तिकारी पत्रकार महासंघ प्रदेश ५ को भेला दाङमा

0

दाङ – क्रान्तिकारी पत्रकार महासंघको प्रदेश ५ को भेला शुक्रबार दाङको भालुवाङमा हुदैछ । भेलाको सम्पूर्ण तयारी पुरा भएको क्रान्तिकारी पत्रकार महासंघ प्रदेश पांचका संयोजक दामोदर खनालले बताउनुभयो । भेला शुक्रबार दाङको भालुुुुवाङमा हुने छ । भेलामा प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहने छ ।

भेलाले नयाँ नेतृत्व चयन गर्दै सकिने छ । भेलाले प्रदेश ५ का मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउने देखि विभिन्न संघर्षका कार्यक्रमहरु पनि तय गर्ने छ । त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ काठमाडौंको भेला बैशाख १० गते हुने जिल्ला संयोजक सागर श्रेष्ठले बताउनुभयो । । भेलाका लागि सागर श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय भेला आयोजक कमिटि गठन गरिएको छ । त्यसैगरी प्रदेश ३ को वैठकले रामेछापका विजय पोख्रेललाई प्रदेश सदस्यमा थप गरेको प्रदेश संयोजक रणसुर महतराले बताउनुभयो ।
त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघ प्रदेश १ को वैठक २९ गते विराटनगरमा वैठक बस्ने भएको छ । प्रदेश १ का संयोजक मधुकर थापाका अनुसार वैठक पछि मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि श्रमजीवि पत्रकारहरुको पक्षमा विभिन्न संघर्षका कार्यक्रमलाई अगाडि बढाउने छ ।
क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला जेठ १६ र १७ गते बुटवलमा हुने भएपछि त्यसको व्यापक तयारी समेत भईरहेको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले बताउनुभयो ।

You might also like