पारिजात सामुदायिक वन उपभोक्ता समुहको साधारणसभा सम्पन्न

0

बर्दघाट ः पारिजात सामुदायिक वन उपभोक्ता समुह बर्दघाट ४ को २० औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सभाले बिगतको समिक्षा गर्दै आगामी कार्ययोजना पारित गरेको छ । सभा उद्घाटनसत्रमा बोल्दै प्रमुख अतिथि बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले वन वातावरण पर्याबरण संग जोडिएकाले वन संरक्षण विना वातावरण संरक्षण नहुने बताउनुभयो । उहाँले वन संरक्षणमा नगरपालिकाले सबै सरोकारवालासंग सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का अध्यक्ष रविन्द्रबिक्रम हमाल , वन सब डिभिजन कार्यालय बर्दघाटका सहायक वन अधिकृत जयप्रकाश यादव, नेपाली काँग्रेसका प्रतिनिधि इन्द्र सापकोटा सत्तारुढ नेकपाका बर्दघाट नगर कमिटी अध्यक्ष ईन्द्र राना विप्लव नेकपाका रमेश बस्याल संस्थाका पुर्व अध्यक्ष केर सि गौतम चिसापानी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष होमबहादुर गुरुंग सामुदायिक वन महासंघका गीता चौधरी, समाजसेवी रुद्रप्रकाश उपाध्याय ,विश्वप्रेम पाठक लगायतले बोल्नुभएको जनाइएको थियो । कार्यक्रम वन समुहका अध्यक्ष चुडामणि भण्डारीको अध्यक्षता सचिव कृष्ण प्रसाद न्यौपानेको संचालन उपाध्यक्ष लक्ष्मी बर्ताैलाको स्वागतमा भएको थियो । कार्यक्रममा सिता प्रसाईले वन सम्बन्धि रचना प्रस्तुत गर्नुभएको थियो । समुहको साधारणसभाले अध्यक्ष चुडामणि भण्डारीको प्रगति प्रतिबेदन लेखा संयोजक राधा अधिकारीको प्रतिबेदन तथा जडिबुटी समितिबाट धनमाया गिरीको प्रतिबेदन पारित गरेको थियो । बैज्ञानिक वन ब्यवस्थापनको काम गर्दै आएको समुहको ३ हजार ७ सय १९ सदस्य आबद्ध रहेका छन् । २०५४ सालमा स्थापना भएको यस वन समुहको ४०७.१५हेक्टर क्षेत्रफल रहेको छ ।

You might also like