सोलार मर्मत भएन

0

भुताहा १० बैशाख – पश्चिम नवलपरासीको बर्दघाट–१० धुब्रटोलमा सोलार बत्ती बिग्रिएर ८ महिना हुदाँ समेत मर्मत हुन सकेको छैन । सोलार बिग्रिएकोले मर्मत गर्न माग गर्दै भाद्र ३० गते वडा कार्यालयमा स्थानीयले निवेदन दिएका थिए । बिग्रिएको ८ महिना हुदाँ समेत सोलार बत्ती बनाउन नगरपालिकाले ध्यान नदिएको स्थानीयको गुनासो थियो ।

बर्दघाट १० धुब्रटोलबाट उत्तर ज्ञानज्योति स्कुल जानेस्थित भण्डारीचोक नजिकैको बिग्रिएको सोलार वडाध्यक्ष राजु मिश्रमा अनुसार यो सोलार बिग्रिएको झण्डै एक बर्ष भएको छ ।

धुब्रटोलबाट उत्तर ज्ञानज्योति मावि जानेबाटोमा टोलमा ४ वटा सोलार बिग्रिएका छन् । खै किन हो कम्प्लेन पनि गरेको हो नबनाउने भए किन ठडयाउनु प¥यो , सोलार गाडेको एक महिना जति चल्यो त्यसपछि बिग्रिएको हो – एक स्थानीयले गुनासो गरे । त्यस्तै अर्का स्थानीय हेम क्षेत्रीले एउटा सोलार बिग्रिएको भदौ ३० गते निवेदन दिइएको बताउनुभयो । वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्रले ४ वटा सोलार बिग्रिएको प्राविधिक शाखालाई जानकारी दिएको बताउनुभयो । मेरै घर उत्ता पट्टि नेरको पनि बल्दैन भण्डारीचोक र ज्ञानज्योति नजिकै पनि बिग्रिएका सोलार छन् कुनैको बेट्री चार्ज हुदैन – वडाध्यक्ष मिश्रले भन्नुभयो –यसबारे आजै ताकेता गर्छु । त्यस्तै वडा नम्बर ९ को भानुनगरमा पनि सोलार बिग्रिएको स्थानीयले जानकारी दिएका छन ।
गुनासो बारे बर्दघाट नगरपालिकाका प्राविधिक शाखाका ईन्जिनियर मदन श्रेष्ठले बिग्रिएका सोलारको तथ्यांक लिने बनाउन समन्वय गर्ने जिम्मा कर्मचारी पुष्पराज चौधरीलाई दिइएको बताउनुभयो । यसबारे प्रतिक्रिया लिन श्रेष्ठबाट प्राप्त चौधरीको मोबाइल ९८४४७६७१३२ हामीले ९८५७०८०९०१ बाट सोमवार र मंगलवार समेत सम्पर्क ग¥यौ । तर चौधरीको मोबाइल उठेन ।

You might also like