देवदह मेला : एकै दिन ३५ हजार दर्शक अवलोकन गरेको आयोजकको दावी
देवदह -रुपन्देहीको देवदहमा लागेको पाँचौ राष्ट्रिय देवदह औद्योगिक ब्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा शनिबार राष्ट्रिय कलाकारको प्रस्तुतीले दर्शकलाई खुबै मनोरञ्जन दिलाएका छन् । देवदह मेलामा राष्ट्रिय कलाकार शिरिष देवकोटा, जमुना राना, आधुनिक गायक तेजु अर्याल, हास्य कलाकार माईला बा लगायतका दर्शकलाई मनोरञ्जन दिलाएका हुन् । उनीहरुले अहिले चलेका गित गाएर दर्शकलाई मजोरञ्जन प्रदान गरेका थिए भने दर्शक उनीहरुले गाएको गितमा खुबै झुमेका थिए । साँस्कृतिक कार्यक्रमतर्फ पनि दर्शकको उपस्थिती अहिलेसम्मकै बढी थियो । सायद शनिवार भएर होला मेलाामा खचाखच भरिएका दर्शकले आयोजकलाई उत्साह दिएको थियो ।शनिवारै भएको जोडि नृत्यले पनि दर्शको ध्यान खुबै खिचेको थियो । यसैबीच शनिबार सार्वजनिक विदा भएकाले ३५ हजारबढी दर्शकले मेलाको अवलोकन गरेको मेला सचिवालय संयोजक हरि भण्डारीले जानकारी दिनुभयो । मेलाको नवौदिन सम्म आईपुग्दा दर्शकको उल्लेखनीय सहभागिताले मेला आयोजकलाई हौस्याएको उहाँले बताउनुभयो । मेलाको दशौ दिन आईतबार लोकगायक बालचन्द्र बराल, लक्ष्मी बस्नेत, आधुनिक गायक मोलिसा आले, खेम थापा लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाउने साँस्कृतिक संयोजक तेजु अर्यालले जानकारी दिनुभयो ।