भर्ना अभियान प्रभावकारी बनाउन नगरप्रमुख बस्यालको आग्रह

0

बर्दघाट ४ बैशाख – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले हाम्रो नगर हाम्रो गाउ सबै बालिबालिकालाई बिद्यालय पु¥याऔं भन्ने मुल नाराका साथ बिद्यार्थी भर्ना अभियान – २०७६ लाई सफल बनाउनका लागि अन्तरक्रिया गरेको छ ।

बुधवार नगरपालिकाको सभाहलमा नगरभित्रका सबै बिद्यालयका प्रधानाध्यापक तथा वडाध्यक्षहरुसहित नगरले अन्तरक्रिया गरी भर्ना अभियान प्रभावकारी बनाउनका लागि आग्रह गरेको हो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले सामुदायिक विद्यालयलाई निजी बिद्यालय जस्तै राम्रो बनाउन सरोकारवालासंग आग्रह गर्नुभयो । सामुदायिक बिद्यालयका पाठ्यपुस्तक लगायत धेरै कुरामा एकरुपता ल्याउन जरुरी रहेको बताउदै उहाँले सामुदायिक बिद्यालय निजी बिद्यालय जस्तै राम्रो हुदाँ केही बिग्रिदैन भन्नुभयो । उहाँले नगरका शैक्षिक योजनालाई सफब.ल बनाउनका लागि सहयोग गर्न सबैलाइ आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पाण्डे, शिक्षा शाखा प्रमुख इन्द्र बहादुर कुंवर, तुल्सी अधिकारी बिद्यालयका तर्फबाट हुमनाथ आचार्य , सोमनाथ अधिकारी , क्षेत्रबहादुर थापा वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलको आतिथ्यता रहेको थियो ।

You might also like