वन सरक्षण तालिम

0

भुताहा – पश्चिम नवलपरासीको भुताहामा रहेका संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह बर्दघाट १० को आयोजनामा वन विनाश, वन डढेलो र वन सरक्षणमा उपभोक्ताको भुमिका विषयक ४ दिने तालिम विहिबारबाट वनको सभाहलमा सुरु भएको छ ।

संसारकोट हरियाली वन उपभोक्ता समुहका मदन शाहीको अध्यक्षता तथा डिभिजन वन अधिकृत परासीका प्रेम शंकर चौधरीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले सामुदायिक वनालई सफल पार्न उपभोक्तामा सहयोगको भावना हुन जरुरी रहेको बताउदै वनमा दिन प्रतिदिन बढिरहेको आगलागीको घटना अन्त कतैबाट नभई उपभोक्ता आफैले गराउने गरेको हुनाले वनालई जोगाइ राख्न उपक्तोहरुलाई सहयोग गर्न आग्रह समेत गर्नुभएको थियो ।

कार्यक्रममा विशेष अतिथिको रुपमा सहायक वन अधिकृत पर्शुराम पौडेल, सामुदायिक वन महासंघ प्रदेश नम्बर ५ का प्रदेश सदस्य नारायण पाण्डे लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा करिब ४० जना महिलाहरुको सहभागिता रहेको कार्यक्रमको प्रशिक्षकको रुपमा रहनुभएका कमल परियार, नारायण भण्डारी, पर्शुराम पौडेल लगायतले सो तालिममा ४ दिनसम्म प्रशिक्षण दिने बताइएको छ । सो कार्यक्रमको सञ्चालन वनका कोषाध्यक्ष कमल पराजुलीले गर्नुभएको थियो ।

You might also like