एस ई ई दिएका बिद्यार्थीलाई सहजीकरण गर्दै ड्रिम

0

नवलपरासी – बर्दघाटमा रहेको ड्रिम टेक्निकल कलेजले एस ई ई दिएर बसेका विद्यार्थीहरुका लागि करियर काउन्सिलिङ्ग कार्यक्रम संचालन गरेको छ ।

कलेजले मंगलवारदेखि शुरुगरी एस ई ई पछिको समयलाई कसरी सदुपयोग गर्ने र आफुले अध्ययन गर्ने विषयको छनोट कसरी गर्ने सम्बन्धमा विद्यार्थीहरुलाई सहजीकरण गरेको थियो । कार्यक्रम मंगलबार गोपिगञ्जमा रहेको लिटिलबुद्ध ईङ्गलिस स्कुलमा र बुधबार बर्दघाटमा रहेको दाउन्ने पार्टी प्यालेसमा सम्पन्न भएको थियो । बर्दघाटमा भएको कार्यक्रमको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विद्याथीहरु समेत उल्लेखनिय रुपमा सहभागिता जनाउदै आएका छन् ।

You might also like