कार्यकर्ता पक्राउ गरिएको प्रति विप्लव नेकपा आक्रोशित, निसर्त रिहाई गर्न माग

0

नवलपरासी – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा नवलपरासीले जनयुद्धका शहिद परिवार सम्मान कार्यक्रमबाट फर्कने क्रममा आफ्ना कार्यकर्ता पक्राउ गरिएको प्रति आक्रोश ब्यक्त गरेको छ । विप्लव नेकपाले बर्दघाटमा भएको शहिद परिवार अभिनन्दन कार्यक्रम सकेर घर फर्कने क्रममा पार्टीका जिल्ला सदस्य गणेशबहादुर ढकाल , पार्टी शुभेच्छुक रुद्र बहादुर गुरुंग र शहिद परिवार रुद्र प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको प्रति खेद प्रकट गर्दै आक्रोश पोखेको हो । नेकपाका जिल्ला ईञ्चार्ज सुमनले मंगलवार एक बिज्ञप्ति जारी गर्दै दलाल सत्ता टिकाउनका लागि पक्राउ गरिएको भन्दै निर्शत रिहाई गर्न माग गर्नुभएको छ । सुमनद्धारा हस्ताक्षरित बिज्ञप्तिमा पक्राउ गरिएकाहरुलाई झुटा मुद्धा लगाएमा त्यसको परिमाण सरकारले भोग्नुपर्ने चेतावनी दिइएको छ ।

You might also like